३३ किलो सुन तस्करी प्रकरण : गोरेका ३ ‘सहयोगी’ धरौटीमा रिहा



हाम्रो इकोनोमि

 

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ ।

मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेका ३ जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन् भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले आज ६ जना आरोपीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्न र ३ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

 

काठमाडौ–१६ स्वयम्भूका ५४ वर्षीय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, काठमाडौं–६ गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौं–९ का ३४ वर्षीय मदन सिलवाललाई जेल चलान गरिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

 

उर्लावारीका ३८ वर्षीय रेवत भन्ने रेवन्तकुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ धरौटी माग गरिएको छ । झापाको दमक–९ का ३४ वर्षीय विनोद अधिकारी र दोलखा चरिकोट–१ का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश भएको श्रेस्तेदार दुलाले बताए ।

 

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत् १ जनालाई फरार प्रतिवादी बनाएर ७ जनाविरुद्ध पूरक अभियोग लगाएको थियो । आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरीपैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तव्य ज्यान मुद्दा दर्ता गरिएकोमा आइतवार र सोमवार भएको बहसपछि आदेश भएको हो ।

 

सुन तस्करी तथा हत्या प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।

पहिलो चरणमा जेल जानेमध्ये १६ जनाले मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर प्रयोग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...