आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाँस्कोटाले व्यापार र मुख्यमन्त्रीको हैसियत मात्र खोजेर राष्ट्रिय अखण्डता र स्वाधीनतालाई बेवास्ता गर्न नहुने बताएका छन् ।
उनले राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि प्रश्न उठाउँदै प्रभाव र दासत्व फरक कुरा भएको टिप्पणी गरेका छन् । बाँस्कोटाले लेखेका छन्, ‘नव झोले र भेडा आई लाग्नै पर्दैन । केवल ब्यापार र मुख्य मन्त्रीको हैसियत चाहिएको हो । तर राष्ट्रिय अखण्डता र स्वाधिनता चाहिएको छैन भने हाकाहाकी सिक्किम बन्छु भन । प्रभाव र दासत्व फरक हो । आईजीपी होईन, तातोपानी नाका चलाऊ ।

