सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता तोड्ने गच्छदारको चेतावनी, आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् ।

 

नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।

 

सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा गच्छदारले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे ।

 

उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गरेका छन् । गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाएका छन् ।

 

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत असोज २१ गते पार्टी एकीकरण भएको थियो ।

 

नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

 

उनले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउनसमेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

 

लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आएपनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगर्दा आफूलाई दुख लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
बिदाको दिनपनि सर्वोच्चमा सुनुवाई

    सर्वोच्च अदालत आज र भोलि आंशिक रुपमा खुला रहने भएको छ...

रासायनिक मलको अभाव नहुने सरकारको दाबी

    नेपालमा हाल एक लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल...

आगामी वर्ष १ खर्बको काठ बेच्ने सरकारको लक्ष्य

    सरकारले आगामी वर्ष करिब एक खर्बको काठ बेच्ने लक्ष्य राखेको छ...

चोरेरै ६ करोडको सम्पत्ति, प्रेम थारू कारागार चलान

  चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान...