सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता तोड्ने गच्छदारको चेतावनी, आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी एकता भंग गर्ने चेतावनी दिएका छन् ।

 

नेता गच्छदारले पार्टी एकीरकरणका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै पार्टी एकता भंग गर्ने चेतावनी दिएका हुन् ।

 

सोमबार काठमाडौंमा पार्टीका पूराना नेताहरुसँगको सामूहिक भेटमा गच्छदारले आफू लगायत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका हजारौं नेता, कार्यकर्तालाई अपमान गर्ने काम भएको भन्दै आक्रोश व्यक्त गरे ।

 

उनले गुट र उपगुटमा विभाजित कांग्रेसले कम्युनिस्ट नेतृत्वको सरकारलाई सामना गर्न नसक्ने दावी समेत गरेका छन् । गच्छदारले पार्टी नेतृत्वले आफू र आफ्ना समर्थकलाई बिचल्लीमा पारेको आरोप पनि लगाएका छन् ।

 

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम र कांग्रेसबीच गत असोज २१ गते पार्टी एकीकरण भएको थियो ।

 

नेता गच्छदारले पार्टी एकीकरणताका दुई पार्टीबीच भएको सहमति कार्यान्वयन नभएपछि आफू पार्टी एकता भंग गर्न बाध्य हुने अवस्थामा पुगेको पनि स्पष्ट पारे ।

 

उनले निर्वाचनमा पार्टी भित्रैबाट आफूलाई हराउन कोसिस गरिएको, पार्टी नेतृत्वले रामजनम चौधरीलाई पार्टीको केन्द्रीय सदस्य बनाउनसमेत अस्वीकार गरेको भन्दै पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे ।

 

लोकतन्त्रलाई बलियो बनाउन आफू कांग्रेसमा आएपनि पार्टी नेतृत्वले त्यसको उचित कदर नगर्दा आफूलाई दुख लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...