सेयर बजार घट्ने क्रममा लागेन ब्रेक, मौद्रिक नीति पछि बढने यस्तो छ कारण



हाम्रो इकोनोमि

 

साताको पहिलो कारोबार दिन झिनो अंकले ओरालो लागेको नेप्से परिसूचक दोस्रो दिन भने दोहोरो अंकले ओरालो लागेको छ।

बजार खुले देखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक दिनभरीमा १७.९६ अंकले घटेको छ।

केहि दिन अघि सञ्चार माध्यममा मार्जिन कर्जाको सिमा ५० प्रतिशतबाट बढ्ने समाचार आएपछि बढेको परिसूचक फेरि मार्जिन कर्जाको सिमा नबढ्ने भन्ने हल्ला चलेपछि सेयर बजार घटेको एक ब्रोकरको भनाई छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजारलाई न्यूनतम सम्बोधन नगरे सेयर बजार झनै ओरालो लाग्ने लगानिकर्ता संघका अध्यक्ष उत्तम अर्याल बताउँछन्।

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा उच्च गिरावट आउँदा दिनभरिमा १ सय ६७ कम्पनीको ४१ करोड ८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ।

इनस्योरेन्स उपसमूह २.०९ प्रतिशतले ओरालो लाग्दा समग्र उपसूचक ओरालो लागेको हो।

सोमबार घटेको बजारमा ट्रेडिङ र उत्पादनमूलक उपसूचक उकालो लाग्दा बैंकिङ, होटल, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, इस्योरेन्स, अन्य र माइक्रोफाइनान्स उपसूचक ओरालो लागेका थिए।

नेप्से परिसूचक दोहोरो अंकले ओरालो लाग्दा १ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको एभरेष्ट इस्योरेन्स कम्पनी लिमीटेड धरै रकमको सेयर कारोबार गर्ने कम्पनी बन्यो।

घटेको बजारमा २६ कम्पनीको मूल्य ओरालो उकालो लाग्दा ४.६९ प्रतिशतले मूल्य बढेको कन्काई विकास बैंक धेरै मूल्य बढ्ने कम्पनी बन्यो।

यस्तै ६.६७ प्रतिशतले मूल्य ओरालो लागेको साईन रेसुङ्गा विकास बैंक धेरै मूल्य घट्ने कम्पनीको अग्रस्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...