गोलघरभित्र यसरी बरबराउँछन् गोरे, अनि भन्छन् खोई मेरो ३३ किलो सुन



हाम्रो इकोनोमि

 

३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ मानसिनक सन्तुलन गुमाउने अबस्थामा पुगेका छन्। गोरेमाथि हाल केन्द्रीय कारागार सुन्धाराको गोलघर भित्र राखेर अनुसन्धान भइरहेको छ।

 

उनी आजभोली गोलघर भित्र एक्लै बोलिरहने, बरबराउने एक थरी कुरा सोध्यो अर्कै थरी कुरा गर्ने गरेको सुन्धारा कारागार स्रोतले जनाएको छ। स्रोतका अनुसार उनलाई हाल नियमित सुन्धारा कारागार भित्रै रहेको अस्पतालमा मानसिक चेक गराउन सुरु गरिएको छ।

 

अस्पतालका मानसिक रोगका डाक्टर कृष्ण गौतमका अनुसार गोरे तनावका कारण एक्लै बरबराउन थालेका हुन्। मानसिक अवस्था सन्तुलनमै रहेको उनको भनाई छ। ‘हामी गोरेलाई नियमित चेक गरिरहेका छौं तनाव नहुने र निद्रा लाग्ने औषधी दिन खोज्दा तनावले हो।

 

म कन्ट्रोल गर्छु भनेर गोरेले औषधी खान मानेन्,’ गौतमले भने। ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगका ३३ जनालाई मोरङ जिल्ला अदालतले पुर्पक्षकालागि जेल चलान गरेको थियो। मोरङ कारागारमा राखिएका गोरे सहित छिरिङ वाङ्गेल घले र भुजुङ गुरुङलाई सम्पति शुद्धीकरण अायोगले जेठ २८ मा काठमाडौं ल्याएको थियो।

 

गोरे जेठ ८ गते पक्राउ परेका थिए। घले र गुरुङलाई सुन्धारा कारागारको गोलघर बाहिरै राखिएको छ भने गोरेलाई भने गोलघर भित्र राखिएको छ। गोलघर भित्र गोरेलगायत अन्य कुख्यात अपराध गरेका ६ जना रहेका छन्।

 

माघ ९ गते तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्यको हत्या भएको थियो। सुन तस्करी र सनम शाक्य हत्याको हाल गृहमन्त्रालयका सह सचिव ईश्वरीराज पौडेल नेतृत्वको छानविन समितिले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...

आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...