समाचार

मेरो गुनासो गर्नेजति मरिजाउन् : केशव स्थापित

  आफूसँग अभद्र व्यवहार गरेको भन्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई हटाउने तयारीमा लागेका छन् । बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगत्तै स्थापितले अशिष्ट व्यवहार गरेको गुनासो सुनाउँदै उनले कारबाहीका लागि प्रधानमन्त्रीसँग अनुमतिसमेत मागेका छन् ।