लाब्दीखोलामा निर्माणाधीन पुल अलपत्र



 

बुद्धसिं मार्गअन्तर्गत पर्ने लाब्दीखोलामा निर्माणाधीन पुल विगत पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

साविकको देउराली र छिम्केश्वरी गाविस जोड्ने करीब ४० मिटर लामो उक्त पुलको ठेक्का बिटी–जयबाबा जेभिजका प्रोपाइटर श्यामकुमार श्रेष्ठले काम गर्न छाडेपछि पुल निर्माण कार्य अलपत्र बनेको हो ।

करीब रु तीन करोड ७८ लाखमा सम्झौता गरी निर्माण कार्य थालिएको सो पुल निर्माणका लागि २०७० चैत १९ मा सम्झौता भएको थियो । विसं २०७२ मा निर्माण कार्य सम्पन्न गर्नुपर्ने प्रावधान सम्झौतामा रहेको भएपनि २०७५ मङ्सिर महीना बित्न लाग्दासमेत काम शुरु नभएको जिल्ला प्राविधिक कार्यालयका इञ्जिनीयर पोषराज पौडेलले बताउनुभयो ।

विसं ०७५ भदौमा जिल्ला प्राविधिक कार्यालयले सूचना प्रकाशित गरेपछि सात दिनभित्र ठेकेदार श्यामकुमार श्रेष्ठ सम्पर्कमा आई जिल्ला समन्वय समितिको समेत रोहबरमा कागज गरी तत्कालै काम अघि बढाउने सहमति भएकोमा त्यसपछि ठेकेदार सम्र्पकविहीन हँुदै आएको इञ्जिनीयर पौडेलले जानकारी दिनुभयो ।

निर्माणाधीन पुलको हालसम्म दुवै साइडको पिल्लरको तीन वटा लिफ्टको काम मात्रै भएको एलआरविपीका टेक्निकल अफिसर सन्तोष गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
नेप्सेमा सर्वाधिक वृद्धि, १११ बिन्दुले बढेपछि आजलाई बजार बन्द

    नेप्से परिसूचक आज उच्च अंकले बढेको छ । आज नेप्से एकै

बैंक मिटरब्याजीजस्तो हुनु हुँदैन : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्माले बैंकहरू मिटरब्याजीजस्तो हुन नुहने बताएका छन्

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति

    नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत केही लचक नीतिहरू ल्याएको छ

अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यार्पण

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी संस्थापक नेता पुष्पलाल श्रेष्ठको