एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढछ : विद्या भण्डारी



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्ने बताएकी छन् । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको पार्टी भएको बताइन् । 

एमाले मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको प्रमुख राजनीतिक दल भएको जिकिर गरिन् ।

उनले भने, ‘यस पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही जानकारी प्रवाह हुनु र तिनको वस्तुनिष्ठ मूल्याङ्कन हुनु आवश्यक छ । पार्टीका बारेमा फैलाइएका भ्रम, गलत सूचना र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नु पर्दछ । महिला र युवालाई नेतृत्वमा अघि बढ्ने अवसर र वातावरण सिर्जना गर्नुपर्ने समेत बताइन् ।

उनले भनिन्, ‘प्रवासमा रहेका सबै नेपालीको अवस्था र आवश्यकता एउटै पनि छैन र हुँदैन । तर श्रमिक, विद्यार्थी, व्यवसायी, महिला, युवा र विभिन्न पेसामा संलग्न नेपालीका समस्या आफ्नै छन् र समस्या र सरोकारहरू पनि छन् । ती सबैलाई समेटेर सङ्गठनका गतिविधि अघि बढाउनु पर्छ ।

स्वदेशी निजी क्षेत्रसँग जोडिएर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा पनि प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन् । सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
प्रहरी महानिरिक्षकबाट दानबहादुर कार्की बर्खास्त

  प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको...

विगतको समीक्षा नगरी पार्टीलाई अगाडि बढाउन सकिँदैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा पार्टी सञ्चालन र राज्यसत्ता सञ्चालनका...

बझाङमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते

    बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य...

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता...