बझाङमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ घाइते



हाम्रो इकोनोमि

 

 

बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । बुधबार केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जानकारी दिए ।

केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् ।

केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते छन् । उनीहरूलाई स्थानीयले उद्दार गरी अस्पताल ल्याइरहेका छन् । घटनास्थल पुग्न प्रहरीलाई भने तीन घण्टाको समय लाग्ने डीएसपी जोराले बताए । अहिले प्रहरी त्यसतर्फ हिँडिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
विगतको समीक्षा नगरी पार्टीलाई अगाडि बढाउन सकिँदैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले विगतमा पार्टी सञ्चालन र राज्यसत्ता सञ्चालनका...

एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढछ : विद्या भण्डारी

    नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले पार्टीका बारेमा फैलाइएका भ्रम, गलत...

माधव नेपाल र मिनेन्द्र रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता...

भक्तपुर मालपोतका नासुको ९ करोड ७३ लाखको अवैध सम्पत्ति, अख्तियारद्वारा मुद्दा दायर

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मालपोत...