सामाजिक सुरक्षा योजना कार्यान्वयनमा चुनौती, के भन्छन् उद्योगी व्यवसायी ?



 

 

नेपालमा विद्यमान सामाजिक सुरक्षा योजनाभन्दा पृथक् योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजबाट औपचारिक रूपमा सुरु भएको छ  ।

सरकारले यसलाई दीर्घकालीन योजनाको रूपमा परिभाषित गरेको छ ।

श्रमिकको आधारभूत पारिश्रमिकको ३१ प्रतिशत सामाजिक सुरक्षा योजनामा जम्मा हुनेछ ।

योसँगै नेपालका श्रमिकको असुरक्षित युगको अन्त्य भएको धेरैले विश्लेषण गरेका छन् ।

रोजगारदाताको दायित्व व्यवस्थापनमा पनि सहज देखिनेछ । तर, देशको विलकुलै नयाँ प्रयोग भएकाले पनि कतिपय उद्योगी व्यवसायी कार्यान्वयनकै चुनौतीमा केन्द्रित भए ।

यस योजनालाई लिएर के भन्छन् उद्योगी व्यवसायी ?
कार्यान्वयनमा विशेष ध्यान दिनुपर्छ : भवानी राणा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासङ्घ आजबाट सामाजिक रूपान्तरण भएको छ ।

औद्योगिक शान्ति र सामाजिक न्यायका लागि श्रम क्षेत्रलाई मर्यादित बनाउन यस योजनाले मद्दत गर्नेछ ।

श्रमिकहरूको भविष्य सुनिश्चित भएको छ ।

यसले औद्योगिक क्षेत्रमा शान्ति स्थापित गर्नेछ । कार्यान्वयन पक्षमा विशेष भएर ध्यान दिनुपर्छ ।

उद्योग विकास भयो भने श्रमिकको विकास हुन्छ र श्रमिकको विकास हुँदा उद्योग फस्टाउँछ । नेपालको श्रम बजारलाई मर्यादित र गतिशील बनाउने हाम्रो चाहानालाई मूर्त रूप दिएको दिनका रूपमा लिएका छौँ ।

सामाजिक सुरक्षा सबै नागरिकको अधिकार हो । यो प्रणालीलाई दिगो र भरपर्दो बनाउन रोजगार दाताको पनि महत्त्वपूर्ण योगदान हुनेछ । यसबाट उत्पादन र गुणस्तरमा पनि परिवर्तन आउनेछ ।

नेपाली म्यानेजर हुनेछ भन्ने प्रमाणित गर्ने दिन हो : हरिभक्त शर्मा, अध्यक्ष नेपाल उद्योग परिसङ्घ 
आगामी १० वर्षभित्र कुनै पनि नेपालीले गलत काम गर्दैनन् । नेपाली कामदार मात्र होइन म्यानेजर हो भन्ने आजको दिनले प्रमाणित गर्नेछ । हामीसँग काम गर्ने सबै भाइबहिनी सुखी खुसी हुन सकून् ।

हामीले उत्पादन गर्ने उत्पादन राम्रो होस् भन्ने चाहना हो । नेपालमा उद्यमशीलता विकास गर्न आजको दिन महत्त्वपूर्ण हुनेछ । १० वर्षभित्र नेपालमै काम गरेर खान सक्ने वातावरण बनोस्  ।  उद्यमी र रोजगार दाता ५ कदम अघि बढेका छन् । हाम्रा उत्पादन विश्वमा चिनिने किसिमका हुन् भन्ने चाहान्छौँ । यो कोष दस वर्षमा सबैभन्दा ठूलो कोष हुनेछ र यो कोष राष्ट्र निर्माणमा सही सदुपयोग होस् ।

कोषको कार्यान्वयनमा चुनौती छ : कमलेश अग्रवाल, उपाध्यक्ष नेपाल चेम्बर अफ कमर्स  
योगदानमा आधारित सामाजिक सुरक्षा कोष सबैको सामूहिक प्रतिबद्धताबाट ल्याइएको हो । यसले श्रमिकको रोजगार सुरक्षा र रोजगारदातालाई पनि सहज भए पनि यो कोष सञ्चालन कठिन विषय हो । त्यसकारण यसको सफल कार्यान्वयन गर्न सबैको सहयोग अनिवार्य छ । नेपालको संविधानको मौलिक हकअन्तर्गत सामाजिक सुरक्षाको प्रतयाभूति गरेको छ । आर्थिक समृद्धिको आधार नै असल श्रम सम्बन्ध हो । यसले रोजगारदाताको व्यवसायलाई सहज हुनेछ । तर कोषको संरचनागत निर्माण र कार्यान्वयनमा चुनौती छ ।

साना उद्योगहरू यसमा समाहित हुन कठिन हुनेछ : सुरेश प्रधान, निवर्तमान अध्यक्ष  घरेलु तथा साना उद्योग महासङ्घ
ठूला उद्योग प्रतिष्ठान यस कार्यमा समाहित हुन सहज भए पनि साना उद्योगहरू यसमा समाहित हुन कठिन हुनेछ । कोषको व्यवस्थापनमा सरकारले विशेष ध्यान दिनुपर्ने हुन्छ । साना रोेजगारदाता, लगानी कोषलगायतका निकायहरूबारे पनि सोच्न जरुरी छ ।  यद्यपि, लामो समयको पर्खाइको अन्त्य भएको छ । यसले विगतको अन्यौलता छिनेको छ । कस्ट अफ डुइङ बिजनेसमा निश्चित दिशा तय गर्नेछ । कोषको पारदर्शिता र कोषसम्मको पहुँच सहज पार्नुपर्ने देखिन्छ ।

थप वैदेशिक लगानी भित्र्याउन सहज हुनेछ : चन्द्र ढकाल, अध्यक्ष रोजगारदाता परिषद
निजी क्षेत्रले चाहेको श्रम लचकता र श्रमिकले चाहेको सामाजिक सुरक्षा प्राप्त भएको छ ।  सामाजिक सुरक्षा कोषमा अर्बौं थप भइरहेको छ ।  यसको सफल कार्यान्वनले विदेशी लगानीकर्ता ढुक्क हुने र थप वैदेशिक लगानी भित्र्याउन सहज हुनेछ । कार्यन्वयनमा लैजान असङ्गठित स्रोतलाई समेट्न चुनौती छ ।
कोषको सञ्चालन महत्त्वपूर्ण हो । कोषको डाटाको सुरक्षा चुनौतीपूर्ण छ । जम्मा भएको रकमलाई पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
हाइटीमा गोली हानाहान हुँदा कम्तीमा ७० जनाको मृत्यु

    संयुक्त राष्ट्रसङ्घले शुक्रबार समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र

कार्बन बिक्रीबाट नेपालले एक अर्ब ६० करोड पाउने

    विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक

देशभर मनसुनी वायुको प्रभाव कायमै, हल्का वर्षाको सम्भावना

     देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी र मध्य

बाढीपहिरोमा परी २३९ को मृत्यु , १८ जना अझै बेपत्ता

    अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म दुई सय ३९ जनाको मृत्यु