समाचार

कौसीमा ७८ वर्षीया वृद्धाको तरकारी खेती

  भरतपुर महानगरपालिका–१० स्याउली बजारकी ७८ वर्षीया कृषक धनिकला काफ्लेको दिनचर्या कौसी र छतमा लगाएको तरकारीको स्याहारमा नै बित्ने गर्छ । परिवारका अन्य सदस्यसँगै उठेपछि नित्यकर्म सकेर उहाँ चियाको चुस्कीसँगै घरको छतमा उक्लिनुहुन्छ । उमेरअनुसार भजनकीर्तन र घुमफिर गर्ने बेलामा