डेढ घण्टाभन्दा बढी नेपाली आकाशमा घुमेपछि बल्ल अवतरण भयो कतार एयरवेजको जहाज



हाम्रो इकोनोमि

 

कतारको दोहाबाट आएको जहाज डेढ घण्टाभन्दा बढी आकाशमा घुमेपछि बल्ल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।

बिहान १० : ३० बजे अवतरण हुनुपर्ने जहाज खराब मौसम र विमानस्थलको चापका कारण १२ : १२ मा मात्र अवतरण भएको हो ।

अवतरण हुनुअघि जहाजले १० पटक आकाशमा फन्को लगाएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइसकेपछि पनि जहाज अवतरण हुन नसक्दा तीनपटक विमानस्थलमाथिकै आकाशमा घुम्नुपरेको थियो ।

त्यसपछि फेरि सिमरामाथिकै आकाशमा पुगेर फन्को लगाएपछि जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो ।

सामान्यतया विमानस्थलमा चाप भएर ‘होल्ड’ गर्नुपर्दा जहाज सिमरामाथिको आकाशमा घुम्ने गर्छन् ।

कतार एयरवेजले भने विमानस्थलमाथिकै आकाशमा तीनपटक फन्का लगाएको थियो ।मौसमको खराबीका कारण आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर उडान र अवतरण अवरुद्ध भएको थियो ।

मौसम खुलेपछि एकैपटक जहाज आइपुग्दा चाप बढेको विमानस्थल कार्यालयले जनाएको छ ।

अरु जहाज पनि आकाशमा फन्को लगाउँदै अवतरण गरिरहेका छन्

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...