अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी



हाम्रो इकोनोमि

 

 

गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई भेटेर भ्रष्टाचारका मुद्दाको अनुसन्धान र अभियोजनमा तीव्रता दिन आग्रह गरेका छन् ।

गृहमन्त्रीनिकट स्रोतका अनुसार गुरुङ ३ दिनअघि टीमसहित राईलाई भेट्न पुगेका थिए । उनले सरकारको तर्फबाट पूर्णसाथ रहने प्रतिवद्धता पनि जनाएका छन् ।

‘सरकारको स्पिरिटलाई समाएर काम गर्नुहोस् । तपाईँलाई सूचना, जनशक्ति चाहिन्छ भने भन्नुहोस् म दिन तयार छु । कसैलाई पनि नछाड्नुहोस्, धमाधम फाइल खोल्नुहोस् । हाम्रो साथ रहनेछ’ राईसँग गृहमन्त्रीको संवादबारे स्रोतले भन्यो ।

गुरुङको ढाडससँगै हिजो दल र नेताको दबाबमा रोकिएका ‘ठूला माछा’ मुछिएका दर्जनौँ काण्डको अनुसन्धानलाई अख्तियारले तीव्रता दिएको स्रोत बताउँछ ।

गृहमन्त्रीसँग राईले यसअघि पनि आफूले निष्पक्ष अनुसन्धानसहित पूर्वप्रधानमन्त्री, पूर्व मुख्यसचिवहरू मुछिएका ठूला भ्रष्टाचारका काण्डको अभियोजन गरेको जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...