मासुबाट भन्दा दोब्बर हैन तेब्बर प्रोटिन यी फुडबाट : अति स्वस्थकर



हाम्रो इकोनोमि

 

 

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे ।

उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ ।

मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो । आखिर ड्राइ फ्रुट्सबाट मुटुलाई स्वस्थ राख्ने केकस्ता तत्व पाइन्छन् त रु हेरौंः

देशी बदाम : यसमा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइनुका साथै क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत पाइन्छ ।

यसको सेवनले दाँत एवं हड्डी बलियो हुन्छ । फाइबर हुने भएकाले यो बदाम मुटुका लागि समेत राम्रो मानिन्छ ।

काजु : काजुलाई ड्राइ फ्रुट्सको राजा मानिन्छ । आधा मुठी काजुमा ३७४ ग्राम क्यालोरी, ३१ ग्राम चिल्लो, १६ ग्राम कार्बोहाइड्रेट, १० ग्राम प्रोटिनका साथै पर्याप्त मात्रामा भिटामिन के तथा भिटामिन बी ६ पाइन्छ ।

यसबाट क्याल्सियम, आइरन, फोलेट तथा जिंक पनि पर्याप्त पाइन्छ ।

पेस्ता : पेस्ता स्वास्थ्यका लागि अति उत्तम खाद्यवस्तु मानिन्छ । यसमा प्रोटिनका साथै म्याग्नेसियम, कपर, फोस्फोरस, भिटामिन बी तथा अत्यधिक फाइबर हुन्छ । यसको सेवनले कोलेस्ट्रोल तथा हार्ट अट्याकबाट बचाउँछ ।

बदाम : १०० ग्राम बदामबाट १ लिटर दूधमा पाइने बराबरकै प्रोटिन पाइन्छ । यसमा प्रोटिनको मात्रा २५ प्रतिशतभन्दा बढी हुन्छ ।

बदामले पाचन शक्ति बढाउन समेत मद्दत गर्छ ।

ओखर : ओखरमा प्रशस्त मात्रामा प्रोटिन, जिंक, भिटामिन ई, भिटामिन ए, फोलेट तथा फोस्फोरस हुन्छ ।

यसले रगतको कोलेस्ट्रोल कम गरेर मुटुरोग हुनबाट जोगाउँछ । यसमा विद्यमान जिंकले इन्फेक्सन तथा भिटामिन ईले क्यान्सरबाट बचाउँछ ।

यसले मस्तिष्कको क्षमता बढाउन समेत मद्दत गर्छ भने यसको नियमित सेवनका कारण मानिस गोरो हुँदै जान्छ ।

किसमिस : दाख वा किसमिसको सेवनले रक्त निर्माणमा वृद्धि हुन्छ । यसको नियमित सेवनले वायु, पित्त तथा कफसम्बन्धी तीनै दोषको निवारण गर्छ ।

यो मुटुका लागि पनि लाभदायक छ । यसमा पर्याप्त मात्रामा आइरन पाइन्छ । एक कप किसमिसमा ५ देखि ६ ग्रामसम्म प्रोटिन हुन्छ ।

अन्जीर : अन्जिरमा प्रोटिनका साथै पर्याप्त मात्रामा क्याल्सियम एवं भिटामिन ए र बी पाइन्छ ।

यसको सेवनले कब्जियत, एनिमिया, दम, सर्दी, कम्मरको तथा टाउकाको दुखाइ, थाइराइड तथा पाइल्सजस्ता रोगमा लाभ गर्छ । यसको सेवनले शरीरमा तागत दिन्छ ।

अमेरिकाको लोमा लिन्डा युनिभर्सिटी तथा फ्रान्सको नेसनल दा ला रिसर्च अग्रोनोमिकका शोधकर्ताहरूले ८१ हजार जनामाथि एक अनुसन्धान गरे ।

उक्त अनसन्धानले देखाए अनुसार मासुबाट भन्दा ड्राइ फ्रुट्स तथा बीउबिजनबाट प्राप्त हुने प्रोटिन मुटुका लागि स्वस्थकर हुन्छ । मासुबाट प्राप्त हुने प्रोटिनले मुटुरोगको खतरा बढाउँछ ।

जसले मासुजन्य प्रोटिन बढी उपभोग गर्छन् उनीहरूलाई मुटुरोगको खतरा ६० प्रतिशतसम्म बढेको पाइयो जब कि ड्राइ फ्रुट्सजन्य प्रोटिन बढी सेवन गर्नेहरूमा यो समस्या ४० प्रतिशतभन्दा कम देखियो ।

प्रतिक्रिया दिनुहोस
देउवालाई भव्य स्वागतको तयारी, ७ हजार नेता–कार्यकर्ता एयरपोर्ट जाने

    करिब ५ महिनापछि स्वदेश फर्किन लागेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको...

बिज्ञापन बोर्डले फेरि रोक्यो लोकल्याणकारी विज्ञापनको विल

    बिज्ञापन बोर्डले २०८३ श्रावण महिनामा प्रकाशन गरेको लोकल्याणकारी विज्ञापन वापतको पत्रपत्रिकाको...

गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...