थापालाई अखिलका महासचिवको प्रश्न, ‘त्रिचन्द्रको ६४ लाख कहिले फिर्ता गर्नुहुन्छ ?’



हाम्रो इकोनोमि

 

अनेरास्ववियुका महासचिव ऐन महरले नेपाली कांग्रेसका नेता सांसद गगन थापालाई त्रिचन्द्र कलेजको ६४ लाख बेरुजु फस्र्योट गर्नका लागि अनुरोध गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले नेता थापाले त्रिचन्द्र कलेजको पार्क निर्माणमा भएको बेरुजु फस्र्योट गर्नका अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘आजभन्दा १८ वर्ष अगाडिको त्यो गार्डेन जम्मा ११ लाखमा सम्पन्न भएको थियो । र, डलर भाउ ७५ नेपाली थियो । बाँकी ६४ लाख तपाईसँग अशुल्नु पर्ने नै छ ।

क्याम्पसको बेरुजुको पनि फस्र्योट गर्नुहोला ।’
थापा त्रिचन्द्र कलेजमा उनी स्ववियु सदस्य, सचिव हु्दै सभापति भएका थिए । उनी सभापति भएको बेला त्रिचन्द्र कलेजमा पार्क निर्माणमा भएको भ्रष्टचार काण्डले अझै टुंगो पाएको छैन ।

त्रिभुवन विश्वविद्यालय र त्रिचन्द्र कलेजमा अहिले पनि उनको बेरुजुको फाइल रहेको छ ।

महासचिव महरले कांग्रेस नेता थापालाई संसद मुठभेड गर्ने थलो नभएकाले त्रिचन्द्रमा आउन आग्रह गरेका हुन ।

महरले आफ्नो फेसबुकमा लेखेका छन्, ‘नेपाली जनताको ७० बर्ष भन्दा बढिको संघर्ष र बलिदानी बाट प्राप्त संबिधान सभा बाट झण्डै ९०५ भन्दा बढिको बहुमतबाट पारित जनताको संबिधानले ब्यबस्था गरिएको जननिर्वाचित संसदको गरिमा कायम गर्नु सबै लोकतान्त्रिक शक्ति र लोकतन्त्रमाथी बिश्वास गर्ने हामी सबैको कर्तब्य हो । संसदमा नीति निर्माण सम्बन्धी बहस छलफल प्रक्रियागत रुपमा हुनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...