१०५ अंक घट्यो सेयर बजार



हाम्रो इकोनोमि

 

 

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०५.५० अंकले घटेर २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको हो ।

आज १२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७ कम्पनीको शेयरमूल्य बढ्दा २६१ वटाको घटेको छ ।

घटेको बजारमा चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, तीन कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाए । जसमा नारायणी विकास बैंक, हिमालयन रि–इन्स्योरेन्स कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
कारोबार पनि हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै सर्वाधिक भएको छ । यस कम्पनीको आज ५८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

यस कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...