धादिङको रुबीभ्याली गाउँपालिकामा पहिरोले पुरिएर दुई जना बेपत्ता



हाम्रो इकोनोमि

 

धादिङको रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा शनिबार राति पहिरोले पुरिएर दुई जना हराइरहेका छन् । पहिरोले पुरिएर रुबीभ्याली गाउँपालिका–४ हिन्दुङका ५५ वर्षीय नोर्बु तामाङ र १८ वर्षीय धनबहादुर तामाङ हराइरहेका हुन् ।

गाउँ नजिकैकाे जङ्गलमा बाख्रा चराउन गएको समयमा हिउँपरेपछि १२० बाख्रासहित ओडारमा बसेको बेला पहिरो गएपछि उनहरू पुरिएका हुन् । हराइरहेकाहरूकाे स्थानियले उद्धार गर्न खोजेपनि सकेका छैनन् । गाउँमा कुहिरो लागेकाले केही समय ढिला भएपनि हेलिकप्टरबाट उद्धारको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताए ।

 

नैनसिंह महरको असफलताले नेविसंघ विघटन, ‘माउ पार्टी’ कांग्रेसले भोलि निर्णय गर्ने

 

अध्यक्ष नैनसिंह महरको असफलताले नेविसंघ विघटन हुने निश्चित भएको छ । दुई पटक कार्यकाल थपिएको नेपाल विद्यार्थी संघलाई ‘माउ पार्टी’ नेपाली कांग्रेसले भोलिदेखि भंग गर्ने भएको छ। कांग्रेसले भदौ दुईमा कार्यकाल सकिएको वर्तमान कार्यसमितिलाई दुई पटक गरी पाँच महिना अवधि थपेको थियो ।

पार्टीले थपिएको अवधिमा १२औँ महाधिवेशन हुन नसकेपछि संघलाई विघटन गर्न लागेको हो। आइतबार बस्ने केन्द्रीय समिति बैठकले संघलाई तदर्थ समिति गठनको बाटो खुला गर्ने एक केन्द्रीय सदस्यले दैनिकीलाइ जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...