समाचार

एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने कुरामा आफूलाई विश्वास नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ का मतदातासँगको छलफलमा अहिलेको चुनावमा एजेन्डा छाडेर प्रधानमन्त्री को बन्ने भन्नेमा केन्द्रित भएको बताए ।