क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार



हाम्रो इकोनोमि

 

 

क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ । सीएनएनले प्रहरीलाई उदृत गर्दै एकै व्यक्तिले विद्यालय र त्यसपछि एउटा आवासीय घरमा गोली चलाउँदा बालबालिकासहित धेरैको मृत्यु भएको जनाएको छ ।

गोलीकाण्ड स्थानीय समयअनुसार बिहान सुरू भएको थियो । आक्रमणकारीले पहिले एक विद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाएको र त्यसपछि नजिकैको घरमा पुगेर पुनः गोली प्रहार गरेको बताइएको छ । आक्रमणकारी एकजना महिला थिइन् ।

घटनामा शिक्षक, विद्यार्थी र सर्वसाधारण परेका छन् । केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतक संख्या अझै बढ्न सक्ने प्रहरीको आशंका छ । घटनापछि विद्यालय क्षेत्र पूर्ण रूपमा सिल गरिएको थियो भने अभिभावक र स्थानीयवासीबीच त्रास फैलिएको छ । प्रहरीले आक्रमणकारीलाई घटनास्थल नजिकै नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...