एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले यो निर्वाचनमा नेकपा एमाले एकमना एकताका साथ आएको बताउनुभएको छ । नेकपा (एमाले) भक्तपुर क्षेत्र नं २ निर्वाचन परिचालन कमिटी अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उहाँले केही दिनमा बरालिएका युवाहरू पनि एमालेमा नै फर्कने बताउनुभयो । यो निर्वाचन मार्फत रवि लामिछाने र बालेनको पपुलिष्ट योजना परास्त हुने बस्नेतको दाबी छ । ‘गुगल नेटवर्कबाट आएको पार्टी गुगलमा नै हुन्छ, नेकपा एमाले भूगोलमा हुन्छ’, उहाँले भन्नुभयो ।

संविधान बचाउन र विकासको लागि नेकपा एमालेलाई नै जिताउनु पर्नेमा उहाँको भनाइ छ । ‘हामीले यस वर्ष नसोचेको भोट ल्याएर विजय हाँसिल गर्ने छौँ’, बस्नेतले भन्नुभयो । उहाँले राष्ट्र बचाउनको लागि पनि एमालेलाई मतदान गर्नुपर्ने बताउनुभयो । शान्तिपूर्ण देश नेपाललाई बचाउन युवाको महत्वपूर्ण भूमिका हुने बताउँदै देश बचानको लागि युवाले दायाँबायाँ नगरी एमालेलाई भोट हाल्नु पर्ने बस्नेतको धारणा छ । एमालेले मुलुकको विकास र समृद्धिको लागि मिसन २०८४ को अभियान लिएर आएको भए पनि असंवैधानिक तरिकाले संसद विघटन गरेर २०८२ सालमा नै चुनावमा जानु परेको उहाँले बताउनुभयो । यो चुनावमा एमालेले भाग नलिओस् र संसदलाई एमाले विहीन बनाउन सकिन्छ भन्ने षडयन्त्र गरिएको भए पनि त्यो सफल नभएको बस्नेतले बताउनुभयो ।

भदौ २३ र २४ को घटना आन्दोलन नभएका र त्यो नेपालीको चहना अनुसारको घटना नभएको उहाँले बताउनुभयो । २३ गते सुरुमा विद्यार्थीले देशको अवस्था परिवर्तनको लागि प्रदर्शन गरेका भए पनि पछि त्यसलाई हाइज्याक गरी हिंसात्मक बनाइएको उहाँले दाबी गर्नुभयो । उहाँले भदौ २३ र २४ को घटना सुनियोजित आक्रमणकारीबाट भएको बताउनुभयो । उनीहरूले लुटेर लैजान मिल्ने सामान जति सबै लगेका र लैजान नसक्ने सामान समेत घातक रसायन प्रयोग गरेर जगलाइएको उहाँले बताउनुभयो । यो ठुलो अन्तराष्ट्रिय डिजाइन अनुसारको योजना हो, यो कुनै आन्दोलन होइन’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
रास्वपाबाट जनताको भरोसा पूरा हुँदैन : कुलमान

     उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाबाट जनताको आशा र भरोसा...

विश्वकपको प्रत्येक क्षणलाई अविस्मरणीय बनाउने टीसीएलको योजना

    विश्व फुटबलको सबैभन्दा ठूलो उत्सव नजिकिँदै गर्दा, विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स...

बजारमा पर्याप्त मात्रामा आउन थाल्यो नेपाली आँप

    काठमाडौं कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्र, विशेषगरी लहान लगायतका क्षेत्रमा...

मोटरसाइकल दुर्घटनामा परे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकलबाट लडेका छन् । उदयपुरको...