दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु



हाम्रो इकोनोमि

 

 

पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट काठमाडौ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढी गइरहेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोकिँदा नजिकै चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो । उनको परिचय खुल्न बाँकी छ ।

घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ । प्रहरी चौकी महादेव बेशी र इप्रका खानीखोलाको प्रहरी टोलीले बिहान ८ बजेबाट एकतर्फीरुपमा राजमार्गमा यातायात सञ्चालनमा ल्याएको छ । दुवै बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...