ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग



हाम्रो इकोनोमि

 

 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् ।

‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ’ कावा प्रमुख आयुक्त भण्डारीले भने ।

‘अझ निर्वाचन प्रक्रियामा भाग लिन, मतदान गर्न जाने मतदाताको सुरक्षाको विषयकेन्द्रित छलफल पनि हुँदै आएका छन्, उनले भने । सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग आयोगले गर्दैआएका छलफलका आधारमा अहिले मतदाताको सुरक्षा गर्न सुरक्षा निकाय सक्षम रहेको पाइएको उनले बताए ।

‘सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,’ कावा प्रमुख आयुक्त भण्डारीले भने, ‘निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ । यहाँ कसैले बिथोल्न सक्दैन् । बिथोल्नखोज्ने तत्त्व सुरुमै परास्त भएपछि कुरा सकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...