ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग



हाम्रो इकोनोमि

 

 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका छन् । सुरुमा शान्ति सुरक्षाको विषयमा के–कसो हुने भन्ने जिज्ञासा रहेता पनि अब त्यस्तो नरहेको भण्डारीले बताएका हुन् ।

‘यो शताब्दीकै सुरक्षाको सन्दर्भमा पेचिलो छ, भनेर निर्वाचन घोषणा भएको भोलिपल्टदेखि हामीले छलफल सुरु गरेका हौँ’ कावा प्रमुख आयुक्त भण्डारीले भने ।

‘अझ निर्वाचन प्रक्रियामा भाग लिन, मतदान गर्न जाने मतदाताको सुरक्षाको विषयकेन्द्रित छलफल पनि हुँदै आएका छन्, उनले भने । सरकार र सुरक्षा निकायका प्रमुखहरूसँग आयोगले गर्दैआएका छलफलका आधारमा अहिले मतदाताको सुरक्षा गर्न सुरक्षा निकाय सक्षम रहेको पाइएको उनले बताए ।

‘सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने आवश्यकता देखिएन,’ कावा प्रमुख आयुक्त भण्डारीले भने, ‘निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ । यहाँ कसैले बिथोल्न सक्दैन् । बिथोल्नखोज्ने तत्त्व सुरुमै परास्त भएपछि कुरा सकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...