फेरि बढ्यो कच्चा तेलको मूल्य



हाम्रो इकोनोमि

 

 

इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार भारी गिरावट भएको ब्रेन्ट क्रुडको मूल्य मंगलबार फेरि प्रतिब्यारल एक सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

मंगलबार बिहान एशियामा ब्रेन्ट क्रुड ३.७५ प्रतिशतले वृद्धि भएको छ । अहिले यसको मूल्य १०३.६९ अमेरिकी डलर पुगेको बीबीसीले जनाएको छ । यसअघि सोमबार ब्रेन्टको मूल्यमा १० प्रतिशतभन्दा बढी गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा केही दिन हमला नगर्ने घोषणा गरेपछि मूल्य घटेको थियो । ट्रम्पले इरानसँग चाँडै कुनै शान्ति सम्झौता हुन सक्ने पनि बताएका थिए । तर, ट्रम्पको दाबी इरानले अस्वीकार गरेको थियो । त्यसपछि तेलको मूल्यमा फेरि बढोत्तरी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...