राजनीति

एमाले केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

    नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । ६ वैशाखमा केन्द्रीय कमिटी बैठक बोलाइएको बागमती प्रदेश सहइन्चार्ज शेरबहादुर तामाङले बताए । यो बैठकले पार्टीको महाधिवेशनका विषयमा निर्णय गर्ने उनले बताए ।