जसपाको भर नपर्नू, मैले राष्ट्रपतिलाई पत्र बुझाइसकेको छु : महन्थ



हाम्रो इकोनोमि

 

 

’ जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले केपी ओलीको विकल्पमा अर्को सरकार बनाउने कांग्रेस सभापति शेरवहादुर देउवाको प्रस्ताव अश्वीकार गरेका छन् । देउवा निवास बूढानीलकण्ठमा आज भएको कांग्रेस र जसपाको ठाकुर पक्षबीच भएको वार्ता विफल भएको जसपा स्रोतले जनाएको छ । ठाकुरले समर्थन जनाउन नसक्ने बताएपछि देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

ठाकुरनिकट स्रोतका अनुसार देउवाले संविधानको धारा ७६ को उपधारा २ बमोजिम आफ्नो नेतृत्वको सरकार गठनमा सघाउन आग्रह गरेका थिए । तर, ठाकुरले यसअघि नै आफूले भनिसकेको भन्दै जसपाको भर नपर्न देउवालाई सुझाव दिएका छन् । सपा अध्यक्ष ठाकुरले पार्टी र संसदीय दलको मुख्य नेता आफू भएको र यसको जानकारी राष्ट्रपतिलाई समेत गराइसकेको भन्दै जसपा फुटाउने प्रयास नगर्न आग्रह समेत गरेको बताइएको छ । यता उपेन्द्र यादव पक्षले भने पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर आफ्नो पक्षका बहुमत जुटिसकेकाले अब माधव नेपाल पक्षले राजीनामा गरेमा परिस्थति निर्माण हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...