रास्वपा मुख्यालयमा पत्रकारहरूको धर्ना



हाम्रो इकोनोमि

 

 

नेपाल पत्रकार महासंघको आव्हानमा आजदेखि राजनीतिक दलहरूको कार्यालयमा धर्ना सुरू गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै रास्वपाको पार्टी मुख्यालय अगाडि महासंघका पदाधिकारीसहित पत्रकारहरू धर्ना बसेका हुन् । दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणप्रति अनुदार व्यवहार देखाएको भन्दै महासंघ आन्दोलित छ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायसहित प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अवरोध पुर्‍याउनेमाथि कारबाही नगरेकोमा दबाब जारी राखिएको अध्यक्ष निर्मला शर्माले बताइन् ।

गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको पनि आन्दोलनको एजेण्डा छ । दोस्रो चरणको घोषित कार्यक्रमअनुसार आज रास्वपा कार्यालय, भोलि कांग्रेसको कार्यालय, पर्सि एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपाको कार्यालयमा धर्ना दिने कार्यतालिका छ । मंसिर २० गते माइतीघर तथा काठमाडौं बाहिरका जिल्लाका सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्न महासचिव रामप्रसाद दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
दक्षिण एसियाकै प्रतिष्ठित साफा मेरिट अवार्डबाट नबिल बैंक सम्मानित

    उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत नबिल बैंक लिमिटेड दक्षिण एसियाकै प्रतिष्ठित...

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध

    नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स...

२०४६ साल पछिका सबै नेताको सम्पति छानबिन होस् : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको...

आँसु, प्रेम र सम्बन्धको कथा ‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि

    निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक गरिएको...