प्रधानमन्त्री ओलीले नेपाल–ठाकुर समूहलाई समावेश गर्ने



हाम्रो इकोनोमि

 

नवनियुक्त प्रधानमन्त्री केपी ओलीले आज पद तथा गोपनीयताको सपथ लिँने भएका छन् । शीतल निवासमा राष्ट्रपति समक्ष सपथ लिएपछि ओलीले आजनै सानो आकारको मन्त्रिमण्डल विस्तार गर्नेछन् । मन्त्रिमण्डलमा ओलीले एमालेका वरिष्ठ नेता माधव नेपाल र जसपाका अध्यक्ष महन्थ ठाकुर समूहका केही सांसदहरूलाई समेटेर मन्त्री बनाउने प्रयास गरेका छन् । जसपाले तत्काल सरकारमा नजाने बाहिर बसेर समर्थन गर्ने जनाएको छ ।

विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका ओलीले दिउँसो २ बजे सपथ लिने कार्यक्रम छ । अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिन नसके संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया शुरु हुनेछ ।

७६ को उप–धारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...