देउवा र महन्थ ठाकुरबीच बूढानीलकण्ठमा छलफल



हाम्रो इकोनोमि

 

वैकल्पिक सरकारको नेतृत्व दावी गरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग वार्तामा बसेका छन् ।

बूढानीलकण्ठमा जारी वार्तामा आफ्नो नेतृत्वमा सरकार बनाउन देउवाले ठाकुरलाई आग्रह गरेका छन् । बैठकमा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसमेत सहभागी छन् । वैकल्पिक सरकार गठनमा निर्णायक देखिएको जसपाको ठाकुर पक्षले तटस्थ रहने बताउँदै आएको छ ।

ठाकुर पक्षलाई सहमतिमा ल्याउन सके देउवाको नेतृत्वमा बहुमतको सरकार गठन हुनसक्ने देखिन्छ । उता जसपानिकट स्रोतले भने एमालेको माधव नेपाल पक्षले राजीनामा दिने सम्भावना टर्दै गएकोले वैकिल्प सरकार जसपाकै नेतृत्वमा बनाउनेबारे बैठकमा प्रस्ताव हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...