२०४६ साल पछिका सबै नेताको सम्पति छानबिन होस् : गगन



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन गर्न सरकारलाई आग्रह गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी ‘हामी तयार छौं अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले आफूहरू सार्वजनिक ओहोदामा बसेका सबैको सम्पति छानबिन होस् भन्नेमा रहेको र यसका निमित तयार रहेको बताएका हुन् ।

उनी भन्छन्, सबैको सम्पति विवरण । हामी त थयार भयौं । २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै प्रत्येक मान्छेको सम्पति विवरण जाँचबुझ गर्ने । अहिलेसम्म अनुसन्धान भएर भनेर थन्काइएका जति पनि फाइल छन् त्यसको अनुसन्धान गर्ने । प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ । सरकारले गरोस् भनेर हामी माग राख्छौं ।

यो कुरा जनताकहाँ जाँदा प्रष्टसँग भन्न पनि उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे । अनुसन्धान गर्दै गर्दा त्यो अनुसन्धान कानुन बमोजिम हुनुपर्ने पनि उनको भनाइ छ । अनुसन्धान कानुनअनुसार हुनुपर्छ । सरकारका निकायहरू कानुनअनुसार चल्नुपर्छ’ उनले भने । कोही कांग्रेस छ र गलत गरेको छ भने त्यसमा कारबाही हुनुपर्छ भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै कांग्रेस रहेको र गलत नगरेको अवस्थामा समेत दु:ख दिने नियत राखिए स्वीकार्य नहुने उनले बताए ।

यही कुरा रास्वपाको हकमा पनि लागू हुनुपर्ने उनले बताए । कुनै नेता, मन्त्रीका बारेमा केही आयो भन्दैमा दोषी नहुने तर गलत गरेको छ भने जो कोही भएपनि कानुनअनुसार अनुसन्धान भएर अगाडि बढ्नुपर्ने उनले आग्रह गरे । यही सन्देश लिएर जनतामा जान उनले स्थानीय तहका प्रतिनिधिहरूलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
आँसु, प्रेम र सम्बन्धको कथा ‘सिन्दुरे जात्रा’ मंसिर १८ देखि

    निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक गरिएको...

आजदेखि मुग्लिन नारायणगढ सडकमा दैनिक ५ घण्टा आवागमन बन्द

    आजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ...

म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमण, २१ जनाको मृत्यु

     म्यानमारमा विवाह समारोहमा सेनाको हवाई आक्रमणमा परी कम्तीमा २१ जनाको मृत्यु...

कांग्रेसको सभापतिमा उम्मेदवारी दिँदै विमलेन्द्र निधि

    नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वसभापति शेरबहादुर देउवा समूहको १५ औँ...