महन्थसहित जसपाका १९ सांसद भक्तपुरको होटलमा, उपेन्द्र अल्पमतमा



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरूको भेला भक्तपुरको एक होटलमा शुरू भएको छ । भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएको दावी ठाकुर पक्षले गरेको छ । उपेन्द्र यादव पक्षले सांसदहरूलाई घर-घरमा गएर दबाब दिन थालेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयभित्र एकै ठाउँमा रहने गरी भक्तपुरको होटलमा बोलाइएको ठाकुरनिकट एक नेताले बताए ।

होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरू समेत पुगेका छन् । सांसदको संख्या अझै बढ्ने र उपेन्द्र पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत पुग्न नदिने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् । यादव पक्षमा १३ सांसद पुग्न नदिने प्रयास भइरहेको ठाकुरनिकट स्रोतले जनाएको छ । विश्वासको मत दिने बेला अनुपस्थित भएकी रुही नाज समेत ठाकुर पक्षमा लागेकी छन् । ठाकुर पक्षमा ठाकुर र राजेन्द्र महतोसहित हाल १९ सांसद देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...