जेठ २ मै फर्कन नमाने चार बजे राजीनामा



हाम्रो इकोनोमि

 

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने स्थायी कमिटीको निर्णयपछि नेकपा एमालेभित्रको राजनीतिले कोल्टे फेरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्न तयार भएका छन् ।

तर, नेपाल पक्षले भने २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताए । हाम्रो स्थायी कमिटी बैठक भयो,’ रावलले नेपाल भने, ‘स्थायी कमिटी बस्दा-बस्दै उहाँहरूले कारवाही फिर्ता लिएको पनि हामीले सुन्यौं । हामी नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने । गत फागुन २८ गते हाम्रो अनुपस्थितिमा भएका निर्णयमा रद्ध गर्ने । पार्टीलाई २०७५ जेठद २ मा फर्काउने सहमति भएपछि हामी अन्य विषयमा छलफल गर्न सक्छौं ।’

रावलले यी कुरामा सहमति नभए कार्यालय समयभित्र राजीनामा दिने बताए । उनले भने, ‘हाम्रो कुरामा दिउँसो चार बजेसम्म सुनुवाइ नभएमा कार्यालय समयभित्र राजीनामा दिन्छौं ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...