जेठ २ मै फर्कन नमाने चार बजे राजीनामा



हाम्रो इकोनोमि

 

माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवा गर्ने स्थायी कमिटीको निर्णयपछि नेकपा एमालेभित्रको राजनीतिले कोल्टे फेरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाल पक्ष र बादल समूहसहितको स्थायी कमिटी बोलाएर थप छलफल गर्न तयार भएका छन् ।

तर, नेपाल पक्षले भने २ जेठ २०७५ मा फर्किन तयार नभएसम्म आफूहरूको राजीनामा नरोकिने बताएको छ । नेपाल पक्षका स्थायी कमिटी सदस्य भीम रावलले आफूहरुको माग पूरा गर्न दिउँसो चार बजेसम्मको समय दिएको र त्यो पूरा नभए राजीनामा हुने निर्णय गरेको बताए । हाम्रो स्थायी कमिटी बैठक भयो,’ रावलले नेपाल भने, ‘स्थायी कमिटी बस्दा-बस्दै उहाँहरूले कारवाही फिर्ता लिएको पनि हामीले सुन्यौं । हामी नवौं राष्ट्रिय महाधिवेशन बमोजिम अगाडि बढ्ने, त्यसबाट निर्वाचित केन्द्रीय कमिटीको बैठक र केन्द्रीय कमिटीलाई मान्ने । गत फागुन २८ गते हाम्रो अनुपस्थितिमा भएका निर्णयमा रद्ध गर्ने । पार्टीलाई २०७५ जेठद २ मा फर्काउने सहमति भएपछि हामी अन्य विषयमा छलफल गर्न सक्छौं ।’

रावलले यी कुरामा सहमति नभए कार्यालय समयभित्र राजीनामा दिने बताए । उनले भने, ‘हाम्रो कुरामा दिउँसो चार बजेसम्म सुनुवाइ नभएमा कार्यालय समयभित्र राजीनामा दिन्छौं ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...