प्रदेश २ सरकारलाई दिएको नेकपाको समर्थन फिर्ता, लालबाबुको पद धरापमा
नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । लगत्तै आइतबार संसद अवरुद्ध पारेको छ । एमाले र माओवादी मिलेर बनेको नेकपाले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत छ ।