राष्ट्रपतिलाई विवादमा नल्याउन प्रधानमन्त्रीको प्रतिपक्षलाई यस्तो चेतावनी, राष्ट्रपतिले सरकारले लेखेर दिएका शव्द पढेको भनाई



हाम्रो इकोनोमि

स्थानीय सरकार सञ्चालनमा तानातान जस्तो देखिएपनि त्यसलाई व्यवस्थित बनाउँदै लैजाने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।
प्रतिनिधि सभामा आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘सरकार सञ्चालनका विषयमा केही अन्योल भएजस्तो देखिएको छ, त्यसमा संघीय सरकार सजग छ ।’
शिक्षा समाजउपयोगी बनाउने तयारीमा सरकार लागेको भन्दै साक्षरमात्रै हुने, प्रमाणपत्र बोक्नेमात्रै नभई दक्ष, योग्य र प्रतिपर्धी शिक्षाको आवाश्यकता भएकाले प्राविधिक शिक्षामा जोड दिएको पनि बताए ।

स्वास्थ्य जनताको अधिकार भएको र त्यसलाई त्यसरी नै सरकारले लिएको भन्दै उनले सवै किसिमका स्वाथ्यसेवाको विकास गर्ने लक्ष्य र योजना सरकारले अघि सारेको प्रधानन्त्रीले बताए ।

उनले सामाजिक कुसस्कार र विकृतिविरुद्ध सरकार आक्रामक ढंगले प्रस्तुत हुने र त्यस्ता विकृतिलाइ समाजबाट हटाउने दावी गरे ।

प्रधानमन्त्री ओलीले केही सांसदले केही नपाएपछि राष्ट्रपतिले सभामुख र राष्ट्रिय सभाअध्यक्षलाई सम्मान नगरेको प्रसंग उठाएको भन्दै त्यो राष्ट्रपतिले नभएर सरकारले लेखेर दिएका शव्दहरु पढेकाले राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह गरे ।

कांग्रेसले नीति तथा कार्यक्रम सार्वजनिक गर्दा सभामुखलाई आदरार्थी शव्दले सम्बोधन नगरेको भन्दै जवाफ माग गरेको थियो ।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमप्रति संशोधन राख्ने माननीयहरुलाई आफूले धेरै कुरा स्पष्ट पारेकाले संशोधन फिर्ता लिन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...