प्रधानमन्त्री ओलीले दिए प्रतिपक्षलाई यस्तो जवाफ, पानी जहाज मैले दिउँसै देखेको सपना हो, राति होइन



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीति तथा कार्यक्रम आकाक्षाहीन र कर्मकाण्डी नभएको बताएका छन् । असम्भव महत्वकाक्षा नभइ सम्भव र सकिने खालका महत्वकाक्षा नीति तथा कार्यक्रममा समेटिएको उनको दाबी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेल पनि बन्ने र पानी जहाजमा पनि चलाउने बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले रेल र पानी जहाज मजाकमा उडाउने विषय नभएको बताए । उनले भने, ‘हेर्दाहेर्दै इष्टटिमोरमा समुन्द्रबाट जान्छौं । जलमार्गबाटै ढुवानी गर्छौं ।’

‘पानी जहाज निदाएका बेला देखेको सपना ब्यूँझिएको बेला भनेको होइन’ उनले अघि भने ।

पानी जहाजको योजनालाई विपक्षी सांसदहरुले दिवासप्ना भनेको उल्लेख गर्दै उनले भने, ठीकै भन्नुभयो । मैले दिउँसै देखेको सपना हो, राति होइन ।’

प्रतिनिधि सभाको बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नको आइतवार जवाफदिने क्रममा प्रधानमन्त्री ओलीले सरकारका नीति तथा कार्यक्रमका आकाक्षा ठीक रहेको र यसलाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । नीति तथा कार्यक्रमले सही दिशा लिएको समेत उनले दावी गरे ।

संसदमा भएको छलफलमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका नीति तथा कार्यक्रम अति महत्वकाक्षी र कार्यान्वयनकालागि आधारहीन भएको बताएको थियो ।

‘नीति तथा कार्यक्रम आकाक्षाहीन छैन, सम्पूर्ण नेपाली जनताका आकाक्षाहरु, राम्रा आकाक्षाको समष्टि छ’ ओलीले भने, ‘राष्ट्रलाई तेस्रो विश्वबाट पहिलो विश्वमा पुर्‍याउन नपाइने ?’

राष्ट्रपति विद्या भण्डारीले जेठ ७ गते संसदका दुवै सदनमा पेश गरेको सरकारका नीति तथा कार्यक्रम आइतवार नै पारित गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...