नेपाली कांग्रेसनिकट नेविसंघले सुकुमबासी बस्ती हटाउँदा वैकल्पिक योजनाबिनै सरस्वती आधारभूत विद्यालयमा डोजर चलाएकोप्रति आपत्ति जनाएको छ । प्रवक्ता सुरज सेजुवालले विज्ञप्ति जारी गर्दै २१ वर्षदेखि सञ्चालनमा रहेको विद्यालय भत्काइनुले २७५ विद्यार्थीको पठनपाठनमा असर परेकोमा आपत्ति जनाएका हुन् ।
कक्षा १२ को परीक्षा सोमबारदेखि सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ