नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ



हाम्रो इकोनोमि

 

 

घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै रोकिएका छन् । नियन्त्रणमा लिइएका वायुसेवा निगमका कर्मचारीमा काठमाडौं महानगर २४, गोङ्बुकी ५४ वर्षीया जननी बज्राचार्य र गोरखा नगरपालिका- ३ की ३५ वर्षीया ममता पाण्डे हुन् । उनीहरू क्याबिन क्रू (एयर होस्टेस) हुन् । बज्राचार्यबाट अमेरिकी डलर ४३०० र पाण्डेबाट ४२०० बरामद भएको छ ।

आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट क्वालालम्पुर प्रस्थान गर्नै लागेका उनीहरूले प्रतिव्यक्ति अनुमतिप्राप्त डलरभन्दा बढी रकम बोकेको देखिएपछि नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता एसपी राजकुमार सिलवालले बताए । थप अनुसन्धानका लागि उनीहरूलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पठाइएको सिलवालले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...