काभ्रेमा जिप दुर्घटना, २ जनाको मृत्यु ,३ जना गम्भीर घाइते



हाम्रो इकोनोमि

 

 

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका-१ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना गम्भीर घाइते भएका छन् । पनौती–तालढुंगा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा सोमबार नम्बर नखुलेको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।

घटनास्थलमै मृत्यु भएका दुवै जनाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । जिपमा सवार ताराबहादुर माझी भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् ।

दुर्घटना स्थल दुर्गम स्थानमा भएको हुनाले फलामेटार, तालढुंगा र ढुंखर्कको प्रहरी टोली घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी रविन विष्टले जानकारी दिए । जिप ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने र घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...