बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा



हाम्रो इकोनोमि

 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आज बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् । गत साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश सभा बैठक बसेको थियो । बहुमत सदस्यको समर्थन प्राप्त हुने अवस्था नरहेपछि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ । कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा रहेपछि मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् । उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले प्रदेश सभामा सम्बोधन गर्दै यस अवधिमा आफूले प्रदेशबासीको हितमा धेरै काम गरेको बताए । अझै धेरै काम गर्न बाँकी हुँदाहुँदै राजनीतिक परिवेशका कारण राजीनामा दिन परेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...