बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा



हाम्रो इकोनोमि

 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आज बागमती प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् । गत साउन ६ गते एमालेले दिएको समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका बानियाँले विश्वासको मत लिने प्रायोजनका लागि प्रदेश सभा बैठक बसेको थियो । बहुमत सदस्यको समर्थन प्राप्त हुने अवस्था नरहेपछि उनले सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गरेका हुन् ।

बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । जसमा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक हुन्छ । कांग्रेसका ३६ र हाल सरकारमा सहभागी हाम्रो नेपाली पार्टीको दुई गरी ३८ सांसद मात्रै आफ्नो पक्षमा रहेपछि मुख्यमन्त्री बानियाँले राजीनामाको घोषणा गरेका हुन् । उनी २० साउन २०८२ मा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले प्रदेश सभामा सम्बोधन गर्दै यस अवधिमा आफूले प्रदेशबासीको हितमा धेरै काम गरेको बताए । अझै धेरै काम गर्न बाँकी हुँदाहुँदै राजनीतिक परिवेशका कारण राजीनामा दिन परेको बताए ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...