अनलाइन व्यापार गर्नलाई अनिवार्य दर्ता हुन सरकारको निर्देशन



हाम्रो इकोनोमि

 

 

सरकारले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र विभिन्न एप वा वेबसाइटमार्फत व्यापार गर्ने (ई-कमर्स) व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरुरी सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम सूचीकृत नभई व्यवसाय सञ्चालन गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

क-कसले सूचीकृत हुनुपर्छ ?

विभागका अनुसार वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट वा सामाजिक सञ्जालको ‘मार्केटप्लेस’ प्रयोग गरी वस्तु वा सेवाको कारोबार गर्ने सबै व्यवसायीहरू ‘ई-कमर्स’ को परिभाषाभित्र पर्दछन् । यसमा वस्तुको बिक्री मात्र नभई विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, बैंकिङ, बिमा, कानुनी तथा इन्जिनियरिङ जस्ता सेवा प्रदायकहरू समेत समेटिएका छन् । हालको समयमा डिजिटल भुक्तानी र अनलाइन माध्यमबाट कारोबार गर्दा उपभोक्तामा भ्रम छर्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु वा सेवा बिक्री -वितरण गर्ने गुनासाहरू तीव्र रूपमा बढिरहेको विभागले जनाएको छ ।

सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैर-कानुनी विद्युतीय प्लेटफर्महरूबाट व्यवसाय सञ्चालन गरेको पाइएमा ई-कमर्स ऐन, २०८१ र अन्य प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिनेछ, विभागले भनेको छ । उपभोक्ताहरूले पनि खरिद गर्दा सूचीकृत भएका आधिकारिक पोर्टलहरूबाट मात्र वस्तु वा सेवा लिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...