अनलाइन व्यापार गर्नलाई अनिवार्य दर्ता हुन सरकारको निर्देशन



हाम्रो इकोनोमि

 

 

सरकारले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र विभिन्न एप वा वेबसाइटमार्फत व्यापार गर्ने (ई-कमर्स) व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरुरी सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम सूचीकृत नभई व्यवसाय सञ्चालन गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

क-कसले सूचीकृत हुनुपर्छ ?

विभागका अनुसार वेबसाइट, मोबाइल एप, सफ्टवेयर, इन्टरनेट, इन्ट्रानेट वा सामाजिक सञ्जालको ‘मार्केटप्लेस’ प्रयोग गरी वस्तु वा सेवाको कारोबार गर्ने सबै व्यवसायीहरू ‘ई-कमर्स’ को परिभाषाभित्र पर्दछन् । यसमा वस्तुको बिक्री मात्र नभई विद्युत्, खानेपानी, टेलिफोन, सूचना प्रविधि, स्वास्थ्य, शिक्षा, परामर्श, ढुवानी, पर्यटन, मनोरञ्जन, यातायात, बैंकिङ, बिमा, कानुनी तथा इन्जिनियरिङ जस्ता सेवा प्रदायकहरू समेत समेटिएका छन् । हालको समयमा डिजिटल भुक्तानी र अनलाइन माध्यमबाट कारोबार गर्दा उपभोक्तामा भ्रम छर्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु वा सेवा बिक्री -वितरण गर्ने गुनासाहरू तीव्र रूपमा बढिरहेको विभागले जनाएको छ ।

सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैर-कानुनी विद्युतीय प्लेटफर्महरूबाट व्यवसाय सञ्चालन गरेको पाइएमा ई-कमर्स ऐन, २०८१ र अन्य प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिनेछ, विभागले भनेको छ । उपभोक्ताहरूले पनि खरिद गर्दा सूचीकृत भएका आधिकारिक पोर्टलहरूबाट मात्र वस्तु वा सेवा लिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...

पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...