म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता



हाम्रो इकोनोमि

 

 

म्यानपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन् । सरकारसँगको वार्ता सकारात्मक भएको भन्दै आन्दोलन फिर्ता लिइएको हो । वैदेशिक रोजगार संघका सल्लाहकार, पदाधिकारी र सरकारतर्फबाट श्रम मन्त्री र सचिवबीच वार्ता भएको थियो । योसँगै व्यवसायीहरू कामदार विदेश पठाउन सहमत भएका छन् । संघले १५ बुँदे माग राखेर आन्दोलन थालेको थियो । सरकारले आज बिहान वार्तामा बोलाएर व्यवसायीका माग ३०-४५ दिनभित्र सम्बोधन गर्ने सहमति जनाएको व्यवसायीले बताएका छन् । संघका अध्यक्ष डिकबहादुर खत्रीले सरकारसँग आज बिहान वार्ता सकारात्मक भएको भन्दै श्रमिकलाई पठाउने सहमति भएको बताए ।

उनले भने, हाम्रा १५ बुँदे माग सरकारले सम्बोधन गर्ने सहमति जनाएको छ । ती माग पूरा गर्न निश्चित प्रक्रिया पूरा गर्नुपर्ने भएकाले केही समय लाग्ने देखिएको छ । हालै सम्पन्न विभिन्न चरणका छलफलहरुमा सेवा शुल्कको व्यवस्थापन, ऐन संशोधनका प्रक्रियाहरु तथा आवश्यकता अनुसार आन्दोलनका स्वरूपहरुमा परिवर्तन गर्ने विषयमा समेत विस्तृत कुराकानी भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले संघद्वारा आव्हा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता भएको विज्ञप्तिमार्फत जानकारी गराएको छ । संघका माग पूरा गर्न अधिकतम प्रयत्न गर्ने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...