स्वास्थ्य

करिब चार सय जनाको निःशुल्क मिर्गौला परीक्षण

स्याङ्जाको वालिङ–४ एलादी स्वास्थ्यचौकीमा शनिबार सञ्चालन भएको एकदिने निःशुल्क मिर्गौला परीक्षण शिविरमा करिब ४०० जना लाभान्वित भएका छन् । शिविरमा ३८३ जनाको मिर्गौला परीक्षण गरिएकामा धेरैजसोमा प्रेसर र सुगर भेटिएकाले खानपानमा विशेष ध्यान दिन मिर्गौला रोग विशेषज्ञ सन्तोष गुरुङको सुझाव