स्वास्थ्य संस्था सञ्चालन गर्न समिति गठन



हाम्रो इकोनोमि

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनका लागि स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ।

स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७१ (दोस्रो संशोधन, २०७३) अनुसार व्यवस्थापन समिति गठन गरिएको हो।

समितिको संरक्षकमा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, अध्यक्षमा लालबहादुर ऐर र सदस्यमा व्यवसायीका तर्फबाट हेरन्द्र भण्डारी, शैक्षिक संस्थाका तर्फबाट राजेन्द्र पाण्डेय, नैनसिंह ऐर र वडासचिव कृष्ण कार्की चयन भएका छन्।

समितिको संरक्षकका लागि स्वास्थ्य क्षेत्रका स्थानीय जानकार एक महिला र वडा कार्यालयका अधिकृत गरी थप दुई जना मनोनीत गरिनेछ।

समिति गठनका क्रममा नगर प्रमुख ऐरले गुणस्तरीय स्वास्थ्य सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...