राजधानीका चल्तीका अस्पतालमा भुत आतंक ! यी अस्पतालमा भुतको बिगबिगी,भुत भगाउन ओम अस्पतालले लगायो यसरी बिशेष पूजा



हाम्रो इकोनोमि

राजधानीका अधिकांश अस्पतालमा भुतले तर्साउने गरेको छ । सरकारी अस्पताल वीर, त्रिवि शिक्षण अस्पताल, जोरपाटी स्थित नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, प्रसूति गृह थापाथली, नर्भिक हस्पिटल, ओम हस्पिटल लगायतका ठूला निजी र सरकारी अस्पतालमा राती १० बजेपछि भुतले तर्साउने गरेको छ । वीर अस्पतालको आईसियू, पोष्टअपरेटिङ वार्ड र त्रिवि शिक्षण अस्पतालमा प्रसूति वार्डमा भुतले तर्साउने गरेको विरामीका कुरुवा बताउछन् । त्यसैगरि जोरपाटीको नेपाल मेडिकल कलेजमा इमरजेन्सी र अर्थोपेडिक विभागमा राती १० बजेपछि भुतले तर्साउने गरेको छ ।

राती १० बजेसम्म अस्पतालमा डाक्टर, नर्स, विरामी भेट्न आउने आफन्तको चहल पहल हुने भएकाले त्यस्तो केही महसूस नहुने भएपनि राती १० बजेपछि तर्साउने गरेको वीर अस्पतालमा आईसियूकी कुरुवा बालाजुकी सिर्जना खड्काले बताइन् । उनले भनिन, राती १० बजेपछि भुतले तर्साउने रहेछ । कालो कालो छायाले झम्टिन खोज्दो रहेछ । ’ त्रिवि शिक्षण अस्पतालको प्रसूति विभागमा पनि महिला कराएरको जस्तो सुनिने तर चारैतिर हेर्दा कोही पनि नदेखिने गरेको त्यहाँ कार्यरत नर्स बताउछन् । ‘पहिलो पहिले त खुब डराउथिउ अहिले त यस्तै हो भन्दै काममा लाग्छौ, एक नर्सले भनिन । गम्भिर प्रकृतिका अधिकांश विरामीको मृत्यु अस्पतालमै हुने भएकाले त्यहाँ भुतप्रेतले अलिकति शक्ति देखाउनु स्वभाविक भएको न्याम्सका पूर्व उपकुलपति डा. सिपी मास्के बताउछन् ।

हरेक अस्पतालले तिनै भुत प्रेतबाट बच्न अस्पतालको प्रांगणमै मन्दिर बनाएका छन् । वीर अस्पतालको आगनमै मन्दिर छ । ओम अस्पतालको आगनमै मन्दिर छ । ओमका अध्यक्ष डा. भोला रिजाल बेला बेला भुतप्रेतको शान्ति गर्दै अस्पतालको आगनमै पुजा लगाउने गर्छन । दुई वर्ष पहिलेको भूकम्पका कारण सयौंले अस्पतालमै ज्यान गुमाएका थिए । ती आत्माहरुको शान्तिका लागि पूजा लगाउनु परेको डा. भोला बताउछन् । अधिकांश डाक्टर अस्पतालमा भुतले तर्साउने गरेको कुरा मान्न तयार छैनन । तर अस्पतालमा कार्यरत नर्सहरु भने यो कुरा सही भएको बताउछन् ।

त्रिवि शिक्षण अस्पतालकी एक सिनियर नर्स भन्छिन, ‘ डाक्टरसापहरुलाई थाहा नहुन सक्छ । तर जो हामी रातभरी अस्पतालमा बस्छौ की हामीलाई थाहा छ की विरामीका कुरुवाहरुलाई । डाक्टरसाप रातभरि अस्पतालमा बस्नु हुन्न त्यसैले थाहा हुदैन् । ’ भुतले अस्पतालमा तर्साउने समस्याको समाधान केही नभएकाले यो कुरालाई ठूलो मुद्दा नबनाइएको ती नर्स बताउछिन् । नेपाल मेडिकल कलेजका नर्सहरुले त राती भुतले नतर्साओस भन्ने कामना गर्दै राती १० बजेपछि धुपबत्ती समेत बाल्ने गरेको अस्पातलकी एक नर्सले बताइन् । अकालमा मृत्युवरण गरेको आत्माले कहिलेकाही तर्साउने गरेको अर्की नर्स बताउछिन् । यो समस्या समाधानका लागि अस्पतालहरुले बेला बेलामा मृत आत्माको शान्तिका लागि अस्पतालमै शान्तिपूजा लगाउनु पर्ने सरोकारवाला बताउछन् ।

प्रतिक्रिया दिनुहोस
चमत्कार नभए पार्टी फुट्छ : पूर्णबहादुर

  कांग्रेसको देउवा समूहबाट टाढिँदै र संस्थापनसँग नजिकिँदै गएका नेता पूर्णबहादुर खड्का अहिले...

असोज ८ देखि ११ गतेसम्म भारी वर्षाको चेतावनी

   बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीका कारण यही ८-१२ असोजसम्म नेपालमा वर्षाको...

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

    नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना मजदुर सम्पर्कविहीन...

विमानस्थलबाट डेढ किलो सुनसहित ४५ जना पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो दुई महिनाको अवधिमा १ किलो ६४३ ग्राम...