नवजात शिशु र आमाको सुरक्षाका लागि पाँचवर्षे परियोजना



हाम्रो इकोनोमि

नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ ।

‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विकास र सेवा केन्द्रहरूको गुणस्तर वृद्धिमा काम गर्ने जनाइएको छ ।

सेवाको माग बढाउन जीवन सुरक्षासम्बन्धी स्वास्थ्यकर्मीलाई तालीम दिइनेछ । दक्ष स्वास्थ्यकर्मीमार्फत समुदायसम्म त्यस्तो सीपको विकास गर्ने कार्यक्रम निर्धारण गरिएको छ । स्वास्थ्यसम्बन्धी चेतना विस्तारका लागि सामाजिक लेखाजोखा र स्वास्थ्य व्यवस्थापन समितिलाई सक्रिय बनाउने खालका क्रियाकलाप गर्ने कार्यक्रमका जिल्ला संयोजक निदेश रिजालले जानकारी दिनुभयो । स्वास्थ्यको गुणस्तर विकासका लागि ‘बर्थिङ सेन्टरको मर्मतसम्भार, वर्थिङ सेन्टरमा आवश्यक औजार वितरण गर्ने, अल्ट्रा साउण्ड मेसिन र फोटोथेरापी युनिट वितरण गरिनेछ ।

उक्त परियोजना लागू भएपछि गाउँमा नै प्रसूति सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यकर्मीलाई दक्ष प्रसूति तालीम शुरु गरिएको छ । अहिले यहाँका १२ जना स्वास्थ्यकर्मीले दुईमहिने तालीम लिइरहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही वर्षमा थप १२ जनालाई यस्तो खालको तालीम दिइने परियोजनाको वरिष्ठ कार्यक्रम संयोजक तथा क्षेत्रीय कार्यालय प्रमुख सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो । सानो आकारको अल्ट्रा साउण्ड मेसिन यही वर्ष जिल्लाका चारवटा बर्थिङ सेन्टरलाई वितरण गरिने समेत श्रेष्ठले जनाउनुभयो । नवजात शिशुलाई निमोनियाबाट बचाउन आवश्यक फोटो थेरापी मेसिन जिल्ला अस्पतालमा राखिनेछ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रूपमा प्रतिवेदन तयार पार्ने एचएमआइएस प्रणालीमा कतिपय तथ्याङ्क उपलब्ध नहुने र कतिपयले घरैमा प्रसूति गराउँदा आमा र बच्चाको ज्यान जाने गरेको भए पनि तथ्याङ्कमा सो विवरण उल्लेख नहुने भएकाले छुट्टै सर्वे गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

    जनस्वास्थ्य कार्यालय, ललितपुरले आयोजना गरेको वार्षिक स्वास्थ्य सेवा तथ्यांक प्रस्तुतीकरण तथा...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...