नवजात शिशु र आमाको सुरक्षाका लागि पाँचवर्षे परियोजना



नवजात शिशु र आमाको जीवन सुरक्षाका लागि इलाममा यसै वर्षदेखि पाँचवर्षे नयाँ परियोजना शुरु भएको छ ।

‘वन हार्ट वल्ड वाइड’ नामक अमेरिकी संस्थाले पाँचवर्षे परियोजना सञ्चालन गरेको हो । परियोजनाले पहिलो वर्ष स्वास्थ्यसम्बन्धी सेवाको माग बढाउन चेतना विस्तार, व्यवहार परिवर्तन, स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सेवा प्रदायकको क्षमता विकास र सेवा केन्द्रहरूको गुणस्तर वृद्धिमा काम गर्ने जनाइएको छ ।

सेवाको माग बढाउन जीवन सुरक्षासम्बन्धी स्वास्थ्यकर्मीलाई तालीम दिइनेछ । दक्ष स्वास्थ्यकर्मीमार्फत समुदायसम्म त्यस्तो सीपको विकास गर्ने कार्यक्रम निर्धारण गरिएको छ । स्वास्थ्यसम्बन्धी चेतना विस्तारका लागि सामाजिक लेखाजोखा र स्वास्थ्य व्यवस्थापन समितिलाई सक्रिय बनाउने खालका क्रियाकलाप गर्ने कार्यक्रमका जिल्ला संयोजक निदेश रिजालले जानकारी दिनुभयो । स्वास्थ्यको गुणस्तर विकासका लागि ‘बर्थिङ सेन्टरको मर्मतसम्भार, वर्थिङ सेन्टरमा आवश्यक औजार वितरण गर्ने, अल्ट्रा साउण्ड मेसिन र फोटोथेरापी युनिट वितरण गरिनेछ ।

उक्त परियोजना लागू भएपछि गाउँमा नै प्रसूति सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यकर्मीलाई दक्ष प्रसूति तालीम शुरु गरिएको छ । अहिले यहाँका १२ जना स्वास्थ्यकर्मीले दुईमहिने तालीम लिइरहेका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । यही वर्षमा थप १२ जनालाई यस्तो खालको तालीम दिइने परियोजनाको वरिष्ठ कार्यक्रम संयोजक तथा क्षेत्रीय कार्यालय प्रमुख सञ्जीव श्रेष्ठले जानकारी दिनुभयो । सानो आकारको अल्ट्रा साउण्ड मेसिन यही वर्ष जिल्लाका चारवटा बर्थिङ सेन्टरलाई वितरण गरिने समेत श्रेष्ठले जनाउनुभयो । नवजात शिशुलाई निमोनियाबाट बचाउन आवश्यक फोटो थेरापी मेसिन जिल्ला अस्पतालमा राखिनेछ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले मासिक रूपमा प्रतिवेदन तयार पार्ने एचएमआइएस प्रणालीमा कतिपय तथ्याङ्क उपलब्ध नहुने र कतिपयले घरैमा प्रसूति गराउँदा आमा र बच्चाको ज्यान जाने गरेको भए पनि तथ्याङ्कमा सो विवरण उल्लेख नहुने भएकाले छुट्टै सर्वे गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस
सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्‍याउन अपरिहार्य : मन्त्री यादव

खानेपानीमन्त्री प्रदीप यादवले मुलुकको कुल जनसङ्ख्याको करिव ६६ प्रतिशत शहरी जनसङख्या र बाँकी

फेसबुकमा पीडा पोखेका डाक्टर सम्पर्कविहीन

    रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत डा. केशव श्रेष्ठले

माधव नेपालको मुटुमा समस्या, अस्पतालमा भर्ना

    पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल

पेन किलर खाँदाखाँदा किड्नी फेल भयो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन्