एचआइभी संक्रमितको संख्या घट्दै



हाम्रो इकोनोमि

झापामा एचआइभी संक्रमितको संख्या वर्षेनी घट्दै गएको छ ।

जिल्लामा २०७३ मा १६ जना एचआइभी संक्रमित भेटिएका थिए । विसं २०७२ मा ४३ जना एचआइभी संक्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार गत वर्ष तीन हजार ९९ पुरुष र एक हजार १०५ महिलाको रगत परीक्षण गर्दा आठजना पुरुष र आठजना महिलामा संक्रमण देखिएको हो । गत वर्ष एकजना एचआइभी संक्रमितको मृत्यु भएको थियो ।

त्यस्तै, २०७० सालमा ५५ जना, २०७१ मा ६७ जना, २०७२ मा ५८ जना एचआइभी संक्रमित फेला परेको कार्यालयले जनाएको छ । जिल्लामा २०७० देखि २०७४ सम्म १८४ एचआइभी संक्रमित फेला परेका छन् । संक्रमितमध्ये पुरुष १०३ जना र महिला ८१ जना रहेका छन् । सोही अवधिमा चारजना महिला र छजना पुरुष संक्रमितको मृत्यु भएको थियो ।

हाल जिल्लामा ४६१ जना एचआइभी संक्रमित रहेको कार्यक्रम अधिकृत पौडेलले बताउनुभयो । पुरुष २५५ जना र महिला २०६ जना महिला रहेका छन् । तीमध्ये ४५७ जनाले नियमित औषधि ९एआरटी० सेवन गरिरहेका छन् । प्रसूति सेवाको सुविधा भएका सबै स्वास्थ्य संस्थाबाट निःशुल्क परीक्षण गरिँदै आएको छ ।

“स्वास्थ्य संस्थामा आउने रहेक गर्भवतीको एचआइभी परीक्षण गरिँदै आएको छ” पौडेलले भन्नुभयो । गत वर्ष तीन हजार २१९ जना गर्भवतीको एचआइभी परीक्षण गरिएको थियो । जिल्लामा डाइमण्ड सोसाइटी, सहारा नेपाल, आम्दा नेपाल, लभकुस आसाम, नाइटचेस क्लब, जनस्वास्थ्य कार्यालयले एचआइभीसम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...