एघार स्वास्थ्य संस्थाका भवन बन्दै



हाम्रो इकोनोमि

यस वर्ष ११ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने भएका छन् ।

बागलुङ नगरपालिका– १३ पैयुँपाटा र बढीगाड गाउँपालिकाको ग्वालीचौरमा प्राथमिक स्वास्थ्य अस्पताल र बाँकी नौ स्वास्थ्य चौकीका भवन बन्ने भएका हुन् । भीमगिठे, दगातुम्डाँडा, मालिका, पैयुँथन्थाप, भीमापोखरा, अर्गल, अमरभूमि, दर्लिङ र नारायणस्थानमा स्वास्थ्यचौकी भवन बन्नेछन् ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङका अनुसार भवन निर्माणको काम अघि बढाइएको छ । प्राथमिक स्वास्थ्य अस्पताल न्यूनतम १५ श्ययाको बन्ने कार्यालय प्रमुख प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्लो र चालु आवमा गरी जिल्लाभर ३७ स्वास्थ्य संस्थाका नयाँ भवन बन्ने प्रक्रिया अघि बढेको छ ।

स्वास्थ्य मन्त्रालयअनुसार चालु आवमा बन्ने भवन शहरी विकास तथा भवन डिभिजन कार्यालयअन्तर्गत निर्माण हुनेछन् । भवन निर्माणका लागि जग्गा व्यवस्थापनको काम भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । नयाँ बन्ने भवन ‘एकीकृत डिजाइन’ का बन्ने वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले बताउनुभयो ।

जिल्लाका सबै उपस्वास्थ्य चौकीलाई स्वास्थ्यचौकीमा स्तरोन्नति गरेसँगै सोहीअनुसार पूर्वाधार निर्माणको कामले तीव्रता पाएको हो । “सबै स्वास्थ्य चौकीका नयाँ भवन बन्छन्, कतिपय निर्माणको अन्तिम चरणमा छन्”, प्रशासक तिवारीले भन्नुभयो ।

उहाँका अनुसार केही ठाउँमा जग्गा व्यवस्थापनमा भएको ढिलाइले निर्माण प्रभावित भएको छ । हटिया, सिगाना, लेखानी र बोङ्गादोभान स्वास्थ्यचौकीको भवन निर्माणको अन्तिम चरणमा पुगेको भवन डिभिजन कार्यालयले जनाएको छ । यस्तै अर्जेवा, हिल, बोवाङ, पाण्डवखानी, भकुण्डे, अमलाचौर, रायडाँडा र दमेक स्वास्थ्यचौकीको भवन निर्माणाधीन छ । ताराखोला, निसी, राजकुत र जलजला स्वास्थ्यचौकीको बोलपत्र आह्वान भएर सम्झौताको चरणमा रहेको जनाइएको छ ।

अमरभूमि, तित्याङ, छिस्ती, पाला र सुखौरामा सबै प्रक्रिया पूरा भई निर्माण शुरु हुने क्रममा रहेको कार्यालयले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले माग र आवश्यकतानुसार प्राथमिकतामा परेका स्वास्थ्य संस्थाका भवन बनाउन अनुमति दिने गरेको छ । पुराना र अस्थायी प्रकृतिका संरचनाबाट चलेका स्वास्थ्य संस्था आधुनिक र सुविधा सम्पन्न भवनबाट चल्ने वातारण बन्दै गएको छ ।

भौतिक पूर्वाधारसँगै सेवाको गुणस्तर बढाउने काम पनि सँगसँगै गरिएको जनस्वास्थ्य प्रशासक तिवारीले बताउनुभयो । स्वास्थ्य संस्थाका भवनसँगै स्वास्थ्यकर्मीका लागि आवास गृह निर्माणको प्रक्रिया पनि अघि बढेको छ । कुश्मिसेरा र गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा १२ परिवारका लागि आवास गृह बन्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने एमालेको चेतावनी

   नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

     मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि...

काठमाडौंको गोकर्णेश्वरमा बर्ड फ्लु देखियो

    काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड...

४३ हजार अमेरिकी डलर सहित एक युवक पक्राउ

    काठमाडौंबाट रसुवा जाँदै गरेको बसमा  एक युवकको साथबाट ४३ हजार अमेरिकी...