११ सय रुपैयाँको विशेष पूजा गर्दै यसरी शुरु गरे मोदीले पशुपतिमा भब्य पूजा
नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको पूजा गरेका छन्। दिउँसो पौने ११ बजे पशुपतिनाथको मन्दिरमा पुगेका उनले करिब ४५ मिनेट पूजा गरेका थिए। प्रधानमन्त्री भएपछि मोदीले पशुपतिनाथमा दोस्रोपटक पूजा गरेका हुन्। मोदीले १०८ ब्राह्मणका साथमा विशेष पूजा गरे।