प्रहरीमा ५ एअाईजी मात्रै राख्ने भए पछी यी १० भाईको भाले भिडन्त,सशस्त्रमा यसरी हुने भयो चिल्लीबिल्ली



हाम्रो इकोनोमि

नेपाल प्रहरीमा ५ र सशस्त्रमा ३ एअाईजीकाे दरबन्दी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएकाे छ।
एअाईजी दरबन्दी प्रस्तावमा गृहमन्त्री रामबहादुर थापाले बिहीबार हस्तारक्षर गरेका छन्। पछिल्लाे समय नेपाल प्रहरी र सशस्त्रमा एअाईजीकाे संख्या क्रमश: १७ र ११ सम्म पुगेकाे थियाे।

मन्त्रिपरिषद्ले दरबन्दी कायम निर्णयपछि एअाईजी बढुवाकाे बाटाे खुल्नेछ। सशस्त्रमा बढुवा भएका ११ एअाईजीकाे अवस्था के हुने यस बिषयमा बिहीबार केही निर्णय भएकाे छैन।

प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सर्वेन्द्र खनालको बढुवासँगै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि १० जना डिआईजी मुख्य प्रत्यासीका रुपमा छन्।
सरकारले गत ३० असार ०७४ मा बढुवा गरेका १५ डिआईजीमध्ये खनाल महानिरीक्षक भइसकेका छन् भने सरकारको निर्णयप्रति असन्तुष्ट डिआइजी रमेशप्रसाद खरेलले राजीनामा दिएका छन्। यसैगरी भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द्र रञ्जितको अनिबार्य अवकास पाएका छन्।

यसले गर्दा प्रत्यासी संख्या १० मा झरेको हो। १० मध्ये ५ जना २९ माघ २०४६ र २०४५ असार ३० मा भर्ना भएका ५ डिआईजी छन्।

डिआईजीहरु पुष्कर कार्की, मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह १० माघ २०४६ मा प्रहरी सेवामा प्रवेश गरेका हुन्। यस्तै ३० असार २०४५ मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा अतिरिक्त महानिरीक्षक बढुवाका दावेदार हुन्।

बढुवा बरियतामा एक नम्बरमा डिआईजी पुष्कर कार्की, दोस्रोमा उत्तमकुमार कार्की, तेस्रोमा पवनप्रसाद खरेल छन्। यस्तै बढुवा बरियता अनुसार क्रमश पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज नेउपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, धिरु बस्नेत र सुरेश विक्रम शाह रहेका छन्।

एसएसपीका भरमा प्रमुख निकाय
प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित उनका सहब्याची १५ जना अतिरिक्त महानिरीक्षक (एआइजी) र ९ जना नायब महानिरीक्षकले (डिआइजी) अनिबार्य अवकाश पाएसँगै नेपाल प्रहरीका महत्वपूर्ण स्थान एसएसपीका भरमा चलिरहेका छन्।

प्रहरी प्रधान कार्यालयभित्रका चारवटा विभाग, महानगरीय प्रहरी र राष्ट्रिय सुरक्षा परिषद् यतिबेला एसएसपीको भरमा चलिरहेका छन्। यस्तै नायब महानिरीक्षकको कमाण्डमा रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत पछिल्लो चार महिनायता एसएसपीकै कमाण्डमा चलिरहेको छ।

सरकारले पटक पटक प्रहरी नियमावली संशोधन गर्दै एआइजीहरुको संख्या हेरफेर गर्दै आएको थियो। त्यसक्रममा कहिले एआइजीको संख्या ३ मात्र राखियो भने कहिले बढाएर ८ जना पुर्याइयाे। यसैगरी ११ जना पनि पुर्याइएकाेमा पनि पछिल्लो समय प्रदेश प्रहरी प्रमुखमा एआइजीको दरबन्दी कायम गर्दै १५ जनाको संख्या पुगेको थियो।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...