प्रहरीमा ३० बर्षे सेवा अबधी हटाउदै ओली सरकार,अब ५ जना मात्र एआर्इजी रहने



हाम्रो इकोनोमि

पूर्ववर्ती सरकारले एआर्इजीको संख्या बढाएर १५ पुर्‍याएकोमा अहिलेको ओली सरकारले एआर्इजीको दरबन्दी घटाएर पाँच मात्र कायम गर्ने भएको छ । गृह मन्त्रालयको कानुन महाशाखाले तयार गरेको संघीय प्रहरीको प्रस्तावित ऐनको मस्यौदामा पाँच जना एआर्इजी हुने प्रावधान राखिएको स्रोतले जनाएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको कमान्ड एआर्इजीलार्इ दिने गरी संख्या बढाएको थियो ।

हाल डीआर्इजीको दरबन्दी ४१ छ । यसअघि प्रहरीमा डीआर्इजीको दरबन्दी ३४ थियो । डीआर्इजीको दरबन्दी अझै बढ्न सक्ने स्रोतले जनाएको छ । नेपाल प्रहरीमा अहिले प्रहरी महानिरीक्षक (आर्इजीपी) एक, एआर्इजी १५, डीआर्एजी ३४, एसएसपी ७६, एसपी १५७, डीएसपी ४१८ र प्रहरी निरीक्षकको दरबन्दी एक हजार ३५४ छ ।

नयाँ बन्ने संघीय प्रहरी ऐनमा नेपाली प्रहरीको ३० वर्षे सेवा अवधि हटाउने प्रावधान समावेश गर्ने सम्बन्धमा पनि छलफल भइरहेको छ ।र श्रोतका अनुसार ३० बर्से अबधी हट्ने निश्चित भएको छ।

प्रतिक्रिया दिनुहोस
एमाले आफ्नै खुट्टामा उभिएर अगाडि बढ्छ : ओली

     नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेलाई एक्ल्याउने प्रयास भइरहेको बताएका छन्...

सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...