जेलमा थुनिएका गुण्डा गणेश लामा संग सुन तस्कर गोरेको यस्तो पाईयो साझेदारी,गोरेको ठमेलमा १०आना जग्गा



हाम्रो इकोनोमि

सुन प्रकरणमा मंगलवार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका ४६ वर्षीय राम तिवारी काठमाडौंका विभिन्न स्थान घर तथा जग्गा भएको खुलेको छ।

पेसाले जग्गा कारोबारी भए पनि उनको सम्पति भने अकुत देखिएको छ। चुडामणि उप्रेती ‘गोरे’का मुख्य सहयोगी तिवारीको काठमाडौँको गौरीघाट र कोटेश्वरमा घर रहेको छ। त्यस्तै ठमेलमा पनि १० आनाभन्दा बढी जग्गा देखिएको छ। छानबिन समितिका एक सदस्यले भने, ‘छोटो समयमै तिवारीले सम्पति कसरी जोडे अनुसन्धान गर्दैछौं।’

सुन प्रकरण छानबिन समितिले तिवारीलाई पहिले पनि पक्राउ गरी अनुसन्धान गरेको थियो। तर अनुसन्धानमा सुन तस्करीमा संलग्न नभएको प्रमाण फेला नपरेपछि उनी छुटेका थिए। तिवारी छानबिन समितिबाट फुत्के लगतै दक्षिण कोरिया पुगेका हुन्। समितिका सदस्यले भने ‘अहिले भने प्रमाण नै फेला पारेर पक्राउ गरेका हौँ।’

तिवारी गोरेका विश्वास पात्र हुन्। गोरेले लगानी गरेका जग्गाको कारोबार समेत उनैले रेखदेख तथा बिक्री गर्ने गरेको अनुसन्धानमा देखिएको छ।तिवारीको कालोपुल र कुपन्डोलमा मोटर ग्यारेज रहेको छ। कालोपुलको ग्यारेज भने साढे सात लाख रुपैयाँमा भाडामा दिएका छन्। समितीका सदस्यले भने, ‘पहिले आफै ग्यारेज चलाएका थिए। तर केही वर्षदेखि ग्यारेज भाडामा दिएको देखियो।’

तिवारीले गोरेसँग प्रहरी, वकिलदेखि सरकारी कर्मचारीसम्म सेटिङ मिलाउने गरेका थिए। गोरेले प्रहरीसँगको सेटिङ मिलाउन पनि उनै तिवारीलाई जिम्मेवारी दिएका थिए।

तिवारीको गुण्डा नाईके गणेश लामासँगसमेत पार्टनरसिपमा काम गरेको देखिएको छ। लामा र तिवारी मिलेर क्रसर उद्योग सञ्चालन गरेको खुलेको छ। लामा हातहतियार खरखजना मुद्दामा हाल पूर्पक्षका लागि डिल्लीबजार सदरखोरमा छन्।

प्रतिक्रिया दिनुहोस
१५ औं महाधिवेशन तयारीको जिम्मा सशांकलाई, गगनको कार्य समितिलाई मान्यता नदिने

    नेपाली कांग्रेसको शेरवहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाले १५ औं...

भदौका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  भदौ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । साउनको...

मलाई अध्यक्षबाट हटाएर त देखाऊ, के हुन्छ : केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला...

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज (३१ साउन) समापन...